न्यायाधीशको प्रश्न : चुनावपछिको सरकारले फेरि विघटन गर्दियो भने के गर्ने ?

न्यायाधीशको प्रश्न : चुनावपछिको सरकारले फेरि विघटन गर्दियो भने के गर्ने ?

काठमाडाैं । न्यायाधीश अनिल कुमार सिन्हाले चुनाव भएपछि फेरि विघटन दोहोरिन सक्ने सम्भावना रहेको र त्यसो भएमा के हुने भनी प्रश्न गरेका छन् । संसद पुनर्स्थापना हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेका रिटउपर बहस गर्ने क्रममा अधिवक्ता बाबुराम दाहाललाई उनले यस्तो प्रश्न गरेका हुन् । 

‘यदि चुनाव भयो, तर दुई तिहाइ मत प्राप्त भएन भने त्यो बेला विघटनको अधिकार हुन्छ कि हुँदैन ?’ उनले जिज्ञासा राखे । जवाफमा अधिवक्ता दाहालले विघटन भन्नेबित्तिकै डराउनुपर्ने अवस्था नरहेको बताए । उनले भने, ‘हाम्रो कल्चर कस्तो भयो भने आफैँ पदमा पुर्‍याउने, आफै खुट्टा तान्ने ? तर, सिन्हाले उनलाई प्रश्नभित्र रहेर बहस गर्न आग्रह गरे ।

न्यायाधीश सिन्हाले थपे, ‘चुनाव भएको १-२ महिनामा फेरि विघटन गर्छ भने देश कतातिर जान्छ ? हाम्रो संविधानको निष्कर्ष यही हो रु अधिवक्ता दाहालले जवाफमा भने, ‘जनताले ५ वर्षका लागि म्यान्डेट दिएको, काम गर्न दिनुपर्छ । पहिला नै खुट्टा तान्छन् भन्ने छैन ।  मान्छेले गर्ने कामै होइन त्यो । त्यो फेरि यो अवस्था हुन्छ भन्ने छैन नि !’