अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्रीविरुद्धको सर्वोच्चमा रिट !

अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्रीविरुद्धको सर्वोच्चमा रिट !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीविरुद्ध अदालतप्रति अवहेलना गरेको मुद्दा सर्वोच्च अदालतमा पुगेको छ।

प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चमा भइरहेको बहसलाई ‘तमासा’ र बहस गर्ने कानुन व्यवसायीलाई ‘बाजे’ भनेका ओलीको यो भनाइले मान मर्दन र निन्दा भएको भन्दै वरिष्ठ अधिवक्ता डा कुमार शर्मा आचार्यले सर्वोच्चमा रिट लगेका हुन्। 

यद्यपि रट भने दर्ता हुन बाँकी छ। रिटमा प्रधानमन्त्री ओलीमाथि न्याय परिषद् ऐन २०७३ को दफा १७ अनुसार हदैसम्मको सजाय माग गरिएको छ।