ओलीमाथि थप कारबाही गर्न प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक आज बस्दै

ओलीमाथि थप कारबाही गर्न प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक आज बस्दै

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आइतबार बस्दैछ । पार्टी कार्यालय पेरिस डाँडामा दिउँसो साढे १२ बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्ने तयारी गरेको छ । ओलीलाई यसअघि सो समूहले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै ‘कारबाही किन नगर्ने’ भनि स्पष्टीकरण सोधेको थियो । 

तर, ओलीले जबाफ दिएनन् । उसो त यसअघि नै प्रचण्ड–नेपाल समूहले ओलीलाई अध्यक्षबाट हटाउँदै माधव नेपाललाई मनोनयन गरेको थियो ।