ओलीबाट यस्तो आश्वासन पाएपछि ५० जनाभन्दा बढी पूर्वलडाकुले छोडे प्रचण्डको साथ

ओलीबाट यस्तो आश्वासन पाएपछि ५० जनाभन्दा बढी पूर्वलडाकुले छोडे प्रचण्डको साथ

काठमाडाैं । प्रचण्डले इतिहासमा स्वर्णिम अक्षरले नाम लेखिएका भनिएका ५० जनाभन्दा बढी पूर्वलडाकु शनिबार प्रधानमन्त्री निवासमा भेटिए । तीमध्ये कतिपय २०६६ मा अयोग्य घोषित भएपछि र कति २०६९  मा सेना समायोजन भएपछि दृश्यमा थिएनन्।

सशस्त्र द्वन्द्वका बेला घाइते भएर पनि राज्यको उचित हेरचाह नभएको भन्दै उनीहरु बेलाबेला आन्दोलित भएका थिए । उनीहरुमध्ये ५० जनाभन्दा बढी पूर्वलडाकु नेकपाको ओली समूहमा समाहित भएका छन् । 

ओलीले घाइते र अपांगता भएकालाई निःशुल्क उपचार गर्ने, सहित परिवारलाई रोजगारी दिने प्रतिबद्धता जनाएपछि उनीहरु प्रचण्डसँगको साथ छोड्न तयार भएका हुन् । 

ओलीले जनयुद्धको अवधिमा पूर्वलडाकूहरुले गरेको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान हुने बताए । ‘नेतृत्वले तपाईहरूका भावनाको दुरूपयोग गर्‍यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ । यसरी आइरहँदा तपाईहरू ढुक्क हुनुहोस, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं । नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन’, उनले भने ।