‘वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते देखाउँछौं’–प्रधानमन्त्री ओली

‘वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते देखाउँछौं’–प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड–माधव समूहले शुक्रबार काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई सामान्य भनेका छन् । बबरमहलमा शुक्रबार आयोजित पेशागत कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री ओलीले, ‘वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउँछौं’भनेको हुन् ।

प्रचण्ड–माधव समूहले आयोजना गरेको सभालाई खिसिट्युरी गर्दै उनले भने ‘खुट्टी देखेरै पत्याइयो ।’ संसद पुन:स्थापनाबारे अदालतलाई धम्की नदिनसमेत उनले प्रचण्ड–माधव समूहलाई चेतावनी दिए ।

कार्की ब्याङ्क्वेटमा जम्मा भएका कर्याकर्तालाई सम्बोधन गर्दै ओली समूहको अध्यक्ष समेत रहेका उनले भने, ‘उहाँहरूको सभामा हामी भन्दा अलिकति बढी मान्छे रहेछ, देशभरिबाट अलिअलि मान्छे जम्मा गरेछन् ।’