संसद पुर्नस्थापना नहुने ठोकुवा गरेका ओलीलाई चोलेन्द्रले दिए यस्तो जवाफ

संसद पुर्नस्थापना नहुने ठोकुवा गरेका ओलीलाई चोलेन्द्रले दिए यस्तो जवाफ

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बुधबार ८ जना अधिवक्ताहरुले बहस गरेका छन् । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

अधिवक्ताहरु चन्द्रकान्त ज्ञवाली, कृष्णप्रसाद भण्डारी, अनिता मानन्धर, नवराज पाण्डे, सुजन नेपाल, सुरेन्द्र विक्रम केसी, देवबहादुर महत र रिट निवेदक कञ्चनकृष्ण न्यौपानेले बहस गरेका छन् । आज बोल्ने अधिवक्ताहरुले प्रधानमन्त्री अ‍ोलीले संसद पुनःस्थापना हुँदैन भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

न्यौपानेले अदालतमा विचाराधीन मुद्दाको विषयमा सार्वजनिक भाषण गर्नुले जनमानसमा कस्तो सन्देश जान्छ भन्दै प्रधानन्यायाधीशसँग प्रश्न गरेका थिए । उनले भने, ‘यो इजलासमा विचाराधीन मुद्दा भएको बेला प्रधानमन्त्रीले पुनःस्थापनाको भाषण गर्नुले जनमानसमा कस्तो सन्देश जान्छ श्रीमान् ?’

प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराले न्यायालय कसैको भाषणबाट प्रभाति नहुने बताएका छन् । न्यौपानेले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘बाहिरको कुराले तपाइँ प्रभावित हुनुहुन्छ ? हुनुहुन्न भने हामी पनि हुन्नौं ।’

त्यस्तै न्यायाधीश अनिल सिन्हाले अदालत कसैको भाषणबाट प्रभावित नहुने भन्दै विषयवस्तुमा प्रवेश गर्न अगा्रह गरेका थिए । केही दिन अगाडि भएका कार्यक्रमहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापना नहुने ठोकुवा गरेका थिए ।