प्रधानमन्त्री ओलीले दिए प्रचण्ड-नेपाललाई यस्तो चुनौती

प्रधानमन्त्री ओलीले दिए प्रचण्ड-नेपाललाई यस्तो चुनौती

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीशहरूले आफूलाई भेटेको भन्‍ने विषय प्रमाणित गर्न चुनौती दिएका छन् । नेकपा प्रदेश-१ को प्रदेश सम्पर्क कमिटीले काठमाण्डौंमा आयोजना गरेको कार्यकर्ता भेलामा ओलीले झुट प्रचार गरेर न्याय प्रणालीमाथि प्रहार गर्ने काम भइरहेको बताए । भेटघाटबारे समाचार छाप्‍ने संञ्‍चारमाध्यमलाई ‘झुट बोल्ने कर्तव्यको ठेक्का लिएको’ संज्ञा दिए । उनले भने ‘न्याय प्रणालीमाथिको विश्‍वास हटाउन, न्याय प्रणालीमाथिको गम्भीर प्रहार र घिनलाग्दा कुरा के हुनसक्छ । उहाँहरू यस कुरालाई प्रमाणित गरेर देखाउन सक्छुहुन्छ ?’

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्रीले ४ जना न्यायाधीशलाई भेटेको भन्दै शुक्रबार संबैधानिक इजलासमा रिट निवेदकको तर्फबाट विघटित प्रतिनिधि सभाकी सांसद शशी श्रेष्ठले प्रश्‍न उठाएकी थिइन ।

उनले सत्ताधारी पार्टी भित्र भएको ‘कपट पुर्ण तमासा’ले व्यवधान श्रृजना गराएको बताए । प्रधानमन्त्री ओलीले नेकपाभित्र चरम अराजकता र अनुशासनहिनता बढ्दै गएको पनि बताए । उनले भने, ‘हामो पार्टीमा जस्तो भाँडभैलो, अराजकता र अनुशासनहिनता संसारमा कहीँ देख्नुभएको छ ? आफ्नै अध्यक्षविरुध्द टेलिभिजनमा गयो मनपरी बोल्यो । त्यत्ति अराजकता, त्यत्ति अनुसासनहिनता कही देख्नुभएको छ ?’

उनले राष्ट्रपति जस्तो सम्मानित संस्थामाथि आक्षेप लगाउने काम गरिएकोमा रोष प्रकट गरे । ओलीले केही विषय नपाएपछि मन्त्रिपरिषद्ले प्रतिनिसभा विघटन गरी निर्वाचनमा जाने निर्णयमा धारा खुलाईएको छैन भनेर टिप्पणी गरेको बताए । मन्त्रिपरिषद्ले संसद विघटन गर्ने सम्बन्धमा गरेको निर्णयमा धारा खुलाईएको छैन भन्‍नेहरूलाई उनले प्रश्‍न गरे- ‘प्रतिनिधिसमा विघटन गरेर निर्वाचनमा जाँदा त्यसको निर्णय गर्दा धारा खुलाएर गर्नुपर्छ भनेर संविधानको कुन धारा, कुन ऐनको धारामा छ कुन नियमावलिमा छ ? सर्वोच्चमा बहस गर्न जाँदा त्यत्ति त थाहा हुनुपर्छ नि ।’

आफुहरूको किर्ते गर्ने चलन नभएको उनले बताए । ‘साढे ३ बजे दर्ता गर्न लगेकोमा साढे १०:४० मै म कहाँ आएको थियो भनेर र्किते सनाखत गरेर चल्ने हाम्रो चलन छैन ।’ उनले दाहाल-नेपाल समूहले सर्वोच्च अदालतको हुर्मत लिने काम गरेको र संसद विघटन भइसकेको बेलामा निर्वाचन गराउन हुदैन भनेर धम्की दिदै हिडेको बताए ।