विध्वंसको अर्को नाम हो केपी ओली : माधव नेपाल

विध्वंसको अर्को नाम हो केपी ओली : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल  समुहको अध्यक्ष माधवकुमार नेपालले प्रचण्ड जस्तो व्यवहारमा इमान्दार अरु कोही नभएको बताएका छन्। शनिबार दाङको घोराहीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले प्रचण्डको प्रशंसा गरे । ‘प्रचण्ड जस्तो व्यवहारमा इमान्दार कोही छैनन् । विध्वंसको अर्को नाम केपी ओलि हो’, उनले भने, ‘ कांग्रेस सभापति देउवासँगको भेटपछि अब कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्ने तयारीमा लागेका छौँ।’

यस्तै उनले केपी ओलीले संविधानविपरीत कार्य गरेको आरोप लगाए। दाङको तुलसीपुरमा प्रचण्ड–नेपाल समुहले आयोजना गरेको जिल्ला स्तरिय भेलालाई सम्बोधन गर्न गएका नेपालले पत्रकार सम्मेलनमा संसद विघटन संविधान विपरीत रहेको जिकिर गरे।

‘केपी ओलीमा कुनै नैतिकता छैन। अहमता र तानाशाह प्रवृत्ति छ’, उनले भने, ‘दुई–चारजना चोइटिएर जाँदैमा कुनै असर पर्दैन।’ भेलालाई सम्बोधन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन लगायतका नेताहरु दाङ पुगेका छन्।