काठमाडौंमा ओली समूहले कार्यकर्ता भेला गर्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौंमा ओली समूहले कार्यकर्ता भेला गर्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज काठमाडौं निवासी प्रदेश नं १ का आफ्ना कार्यकर्तालाई विशेष सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार दिउँसो १ बजे काठमाडौंको तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा प्रदेश १ का काठमाडौंवासी अगुवा कार्यकर्ताको भेला आयोजना गर्न लागिएको हो।

गत पुस ५ गते संसद् विघटन गरेयता नेकपा ओली र प्रचण्ड-नेपाल दुई समूहमा विभाजन भएको छ। त्यही दिनदेखि दुवैले अलग-अलग कार्यक्रम गरिरहेका छन्।   दुवैले आफू नै आधिकारिक नेकपा भएको दाबी गरिरहेका छन्।

ओली समूह प्रतिनिधि सभा विघटन जायज ठहर्‍याउने कसरतमा लागेको छ भने प्रचण्ड-नेपाल पक्ष ओलीले असंवैधानिक कदम चालेको भन्दै देशव्यापी आन्दोलनमा होमिएको छ।