प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्दै

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्दै

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्ने भएका छन् । ५० वर्षीय राईले माघ ११ गते काठमाडौंमा विवाह गर्ने तय भएको छ । उनले कोसँग बिहे गर्दैछन् भन्ने विषय भने खुलाएका छैनन् ।

‘विवाहको मिति लगभग तय भएको छ’ उनले भने ‘दुलहीको नाम अहिले नै मिडियामा नखोलौं, पछि एकै पटक भन्दा सरप्राइज हुन्छ नि ।’ काठमाडौंमा विवाह पछि विराटनगरमा भोज आयोजना गर्ने उनले बताए ।

पारिवारिक स्रोतका अनुसार उनको विवाह अन्तरजातीय हुनेछ । तर मुख्यमन्त्री राईले भने यो विषयमा थप खुलाएनन् । २०७५ चैत २५ गते मुख्यमन्त्री राईले प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाएर मात्रै बिहे गर्ने बताएका थिए ।