ओलीले वैशाखमा चुनाव गराउँछन् भन्ने कुरामा विश्वास छैन: देउवा

ओलीले वैशाखमा चुनाव गराउँछन् भन्ने कुरामा विश्वास छैन: देउवा

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्ने कुरामा विश्वास नलागेको बताएका छन्। बिहिबार पर्वत शंकर पोखरीमा आयोजित हरिदत्त तिवारीको १८ औं स्मृति सभामा बोल्दै देउवाले प्रजातन्त्रलाई नै खतरा हुने गरी प्रतिनिधि सभा भंग गरेका प्रधानमन्त्री ओलीले चुनाव नगराउने बताएका हुन् ।

ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएकोले पार्टीले आन्दोलन घोषणा गरेको देउवाको भनाइ छ।  सर्वोच्चमा विचाराधीन रहेको मुद्दाबारे सडकमा आन्दोलन गरेर यो गर वा ऊ गर् भन्ने दबाव कांग्रेसले नदिने उनले प्रष्टाए ।

प्रधानमन्त्री ओलीले वैशाखमा चुनाव घोषणा गरेका छन्। तर प्रतिनिधि सभा भंग गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।