आफूनिकट नेताहरुलाई ओलीले भने-‘सूर्य चिन्ह हाम्रै हुन्छ, चुनावको तयारीमा लाग्नु'

आफूनिकट नेताहरुलाई ओलीले भने-‘सूर्य चिन्ह हाम्रै हुन्छ, चुनावको तयारीमा लाग्नु'

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा लाग्न नेताहरुलाई निर्देशन दिएका छन् । आज बालुवाटारमा भएको स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा सर्वोच्च र निर्वाचन आयोगमा भइरहेको गतिविधिबारे ब्रिफिङ भएको एक नेताले जानकारी दिए ।

'देशभरि भइरहेका पार्टीका कार्यक्रमहरु । सर्वोच्चको मुद्दामा भइरहेको छ । कहाँ कसरी गहिरहेको छ । निर्वाचन आयोगमा के भइरहेको छ  भनेर बिफ्रिङ भयो,’ छलफलमा सहभागी स्थायी कमिटी सदस्यले सुनाए । ती सदस्यका अनुसार निर्वाचन तोकिएको समयमा निर्वाचन गर्नेबारे छलफल भएको थियो ।

'अब निर्वाचनमा जाने हो । १७ र २७ गतेबाट एकदिन ढिलाइ हुनुहुँदैन,’ कुराकानीबारे उनले भने । आधिकारिता आफूहरुकै पार्टीले पाउने भन्ने कुरामा दुईमत नरहेको पनि उनले बताए ।

'हामी नै आधिकरिक हौं । प्रथम अध्यक्ष र महासचिव हामीसँग छ । विधानअनुसार प्रथम अध्यक्ष र महासचिवविना कसैले बैठक त गर्न सक्दैन । त्यस्तो अवस्थामा को हुन्छ र आधिकारिक रु सूर्य चिह्‍न र नेकपा हाम्रै हो,’ ती सदस्यले भने ।