प्रधानमन्त्रीले निर्वाचन आयोगलाई लेखे यस्तो पत्र, निर्वाचनका कार्यक्रम नरोक्न आग्रह

प्रधानमन्त्रीले निर्वाचन आयोगलाई लेखे यस्तो पत्र, निर्वाचनका कार्यक्रम नरोक्न आग्रह

काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई पार्टीको आधिकारिकताबारे पत्र लेखेका छन् । अध्यक्ष ओलीले आफू नेकपाको प्रथम अध्यक्ष भएको उल्लेख गर्दै त्यसबाहेकका व्यक्तिहरुले पठाएका विवरणलाई अभिलेखिकरण गर्न नमिल्ने बताए । उनले पार्टीको विधानका आधारमा पत्राचार गर्न पनि आयोगको ध्यानाकर्षण गराए ।

अध्यक्ष ओलीले दुई वर्षभित्र महाधिवेशन गर्ने सहमतिअनुसार २०७५ जेठ ३ मा पार्टी एकीकरण भएको भन्दै त्यसपछि स्वतः एकताको औचित्य समाप्त भएको पत्रमा लेखेका छन्।

नेकपाले निर्वाचनका कार्यक्रमलाई नरोक्न पनि निर्वाचन आयोगलाई आग्रह गरेको छ।