कांग्रेस सभापति देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

कांग्रेस सभापति देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

काठमाडौं । मौसममा खराबीका कारण पूर्व प्रधामनन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा सहितका नेता चढेको हेलिकप्टरलाई बिहीवार गोरखामा आकस्मिक अवतरण गराइएको छ । 

पर्वतको सदरमुकाम कुस्माका लागि उडेको देउवा सवार हेलिकप्टर गोरखाको पालुङटार नगरपालिकाको हर्नी आँपपिपलको बारीमा अवतरण गराइएको थियो । हेलिकप्टरमा सभापति देउवा, कांग्रेस नेता गोपालमान श्रेष्ठ र अर्जुनप्रसाद जोशी सवार छन् । 

केहीबेरपछि सभापति देउवा सहितको टोली गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । शहीद हरिदत्त तिवारीको स्मृति सभामा सहभागी हुन देउवा सहितका नेता पर्वत गएका हुन् ।