कमलपोखरीको पुनर्निर्माण रोक्न गगन थापाको माग

कमलपोखरीको पुनर्निर्माण रोक्न गगन थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले निर्माणाधीन कमलपोखरीको पुनर्निर्माण तत्काल रोक्न माग गरेका छन् ।

पुनर्निर्माण रोक्न माग गर्दै उनले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पत्र लेखेका हुन् । पोखरीको प्राकृतिक अस्तित्व समाप्त पार्दै निर्माण गर्न लागिएकाले काम रोक्न भन्दै पत्र लेखेको जनाइएको छ ।

०७६ सालबाट सुरु गरिएको कमलपोखरीको पुनर्निर्माण कार्य ढिलो भइसकेको छ । प्राकृतिक सिमसार क्षेत्र नष्ट भएको छ । पोखरी साँघुरो भएको छ । तत्काल काम रोकेर सरोकारवालासँग छलफल गरी काम अघि बढाउन पत्रमा माग गरिएको छ ।