'आरिस गर्नेहरुले मेराविरुद्ध अविश्वास प्रस्ताव  दर्ता गराए'

'आरिस गर्नेहरुले मेराविरुद्ध अविश्वास प्रस्ताव  दर्ता गराए'

विराटनर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले केन्द्रमा असफल भएपछि हतास मानसिकताले हतारमा आफु विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको बताएका छन् । मंगलवार विराटनरमा प्रदेशस्तरिय बाल अधिकार भेलामा बोल्दै मुख्यमन्त्री राईले आफुले काम गर्न नसकेर हैन आरिस गर्नेहरुले आफुलाई असफल बनाउनेहरुले आफुविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको बताएका हुन् ।

मुख्यमन्त्री राईले भने, ‘मुख्यमन्त्री अयोग्य र नालायक भयो काम गर्न सकेन भनेर हैन् रामो गरेको देख्न नसक्नेहरुले आफनो गल्ति कमजोरी ढाकछोप गर्न हतारमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन ।,   

राईले आरिस गर्दै ठूलो भाग खोज्नेहरुले आफु विरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव कानुन सम्मत रुपमा असफल बनाउने दाबी गरे । उनले संघीयतालाई असफल बनाउनेहरुले  हतार हतार प्रदेशमा पनि अविश्वासको प्रस्ताव दर्ता गरेर अस्थिरता उत्पन्न गरेको बताए ।

उनले आफु नाम राख्नकालागि मात्र मुख्यमन्त्री नभएकोले सधै शिर ठाडो पारेर अगाडी बढेर संघीयता र संबृद्धि प्राप्त गरेरै छाडने बताए । प्रधानमन्त्री केपी ओली सर्मथक मुख्यमन्त्री राईले देशमा कल्पना नगरेको परिस्थिती आइपरेकोले वर्तमान अवस्था अन्यौलपुर्ण भएपनि केही दिनभित्रै सबै अवस्था सहज हुने बताए ।