नेकपा हामी नै हौं, सूर्य चिह्न हामीले पाउँछौं : नेम्वाङ

नेकपा हामी नै हौं, सूर्य चिह्न हामीले पाउँछौं : नेम्वाङ

काठमाडौं । नेकपाका नेता सुवास नेम्वाङले पार्टीको आधिकारिकता ओली समूहले प्राप्त गर्ने जिकिर गरेका छन् । पुस ५ गते नेकपा विभाजन भएपछि आधिकारिकता निरूपणको विषय निर्वाचन आयोगमा पुगेको छ । अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह तथा प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको पक्ष दुवैले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग समक्ष निवेदन दिएका छन् ।

आयोगले दुवै पक्षको प्रक्रिया नपुगेको भन्दै थप दाबी पनि मगाएको छ । तर, नेम्वाङले ओली नेतृत्वको नेकपाले नै पाउने जिकिर गरेका हुन् ।

“हामी नै नेकपा हौँ, सूर्य चिह्न हामीले पाउँछौँ भन्नेमा हामी विश्वस्त छौँ,” उनले भने । मङ्गलबार प्रचण्ड–नेपालले आयोगका पदाधिकारीलाई भेटेर बिनाआग्रह, पूर्वाग्रह दलसम्बन्धि ऐन र विधानका आधारमा विषय निरुपण गर्न सुझाव दिएका थिए ।

ओली पक्ष आज गएर आयोगसमक्ष आफ्ना कुरा राख्ने र थप दाबी प्रस्तुत गर्ने तयारी गरिरहेको बताइएको छ । प्रचण्ड–नेपाल समूहले ४३४ सदस्यीय केन्द्रीय कमिटीमा बहुमत आफ्नो पक्षमा रहेको जिकिर गरेको छ । ओली समूहले भने केन्द्रीय सदस्यको संख्या बढाएर १ हजार ५०१ पुर्याएको छ ।