सरकारले विकाश निर्माणमा छलाङ मारेपछि केही साथीहरु अत्तालिए : केपी ओली

सरकारले विकाश निर्माणमा छलाङ मारेपछि केही साथीहरु अत्तालिए : केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टी नेकपाकै नेताहरूको कारण प्रतिनीधिसभा विघटन गर्नुपर्ने बाध्यता आइपरेको आरोप लगाएका छन्। राष्ट्रियसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले देश अहिले नयाँ मोडबाट अघि बढिरहेको बताएका छन्।  

‘यतिबेला देश एउटा नयाँ मोडबाट, नयाँ परिघटना, परिदृश्यबट अगाडि बढिरहेको बढ्न खोजिरहेको छ। यतिबेला हामी समयभन्दा अगावै प्रतिनिसधसभाको निर्वाचनको लागि नयाँ जनादेशको लागि जनताको बीचमा जाने तयारी गरिरहेका छौँ। प्रतिनिसभा विघटन भएको छ,’ उनले भने, ‘देश निर्वाचनतर्फ उन्मुख भएको छ। हामीले सोचेका थियौँ। प्रतिनिधिसभा पाँच वर्ष चल्नेछ। यसमा विनाविग्रह प्रतिनिधिसभाले आफूलाई लगातार देश र जनताको सेवामा संविधानको रक्षा र कायार्नन्वयनको सन्दर्भमा संघीय लोकतान्त्रिक गणन्तत्रको सन्‍दर्भमा विना व्यवधान जान पाउनेछौँ भन्ने सोचेका थियौँ मैले पनि त्यही सोचेका थिएँ।’ 

उनले काममा झमेला सिर्जना गर्ने वातावरण बनेकोले प्रतिनिधिसभा विघटन गर्नुपरेको दोहोर्‍याए। ‘नेपाली जनताले अत्यन्तै स्नेहपूर्वक अविभारा सुम्पेका थिए। त्यसलाई लोकतान्त्रिक मूल्यमान्यता र अभ्यासका साथ सरकार अघि बढिरहको थियो,’ उनले भने, ‘हामी सबैलाई काम गर्न दिने वातावरण बनेन। काममा व्यवधान खडा गर्ने, जहिले पनि झमेला पनि सिर्जना गर्ने। केही व्यक्तिको व्यक्तिका आकांक्षाहरु पदलोलुपताका कारण स्थायीत्वलाई अघि बढ्न नदिने कारण्, बहुमतलाई टुक्राउने, खण्डित गर्ने, ध्वस्त पर्ने र फेरी अस्वस्थ र अलोकतान्त्रिक लेनदेन जालझेल तिकडम गरेको कारण विघटन भयो।’ 

उनले पार्टीभित्रै ६-६ महिनामा प्रधानमन्त्री फेरेर अस्थिरतातर्फ लैजाने काम गर्ने कोशिस भएको पनि दाबी गरे। ‘जनताको इच्छा थियो पाँच वर्ष सरकार टिकोस् भन्ने हो। लगभग दुईतिहाइ प्राप्त सरकार सञ्चालन गर्ने दलभित्रै चरम अस्वस्थताको स्थितिले असहज वातावरण भयो,’ उनले भने, ‘मैले केही आँकडाहरू निकालेँ। गएको वैशाख १३ देखि पुस ४ सम्म हेर्दा गुटका बैठक एउटै नेताको घरमा २८० बैठक बसेका रहेछन्। ३५ बैठक अन्यत्र बसेका रहेछन्। २-३ जनाको गुटगत भेटघाट गिन्ति नगरौँ। त्यस्तो गर्न किन परेको थियोरु त्यसका पछाडि कारण थिए।’  उनले प्रश्‍नसमेत गरे।

सम्बोधनका क्रममा उनले अहिलेसम्म नेपालमा कहिल्यै पनि नभएको काम आफूले गरेको दाबीसमेत  गरे। सरकारले विकाश निर्माणमा छलाङ मारेपछि केही साथीहरु अत्तालिएको उनको दाबी थियो ।