मन्त्रिपरिषद् बैठक सम्पन्न, राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्न सिफारिस

मन्त्रिपरिषद् बैठक सम्पन्न, राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सकिएको छ।  मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रिय सभाको हिँउदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ । 

आइबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।   हिउँदे अधिवेशन पुष १७ गतेबाट सुरु भएको हो । आज दिउँसो १ बजेको  बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्दैछन् ।

बैठकमा मन्त्रीहरुसँगको छलफलपछि ओलीले र संसद विघटन, पार्टी विभाजन, आगामी वैशाख १७ र २७ गते तोकिएको निर्वाचन र कोरोना महामारी नियन्त्रणलगायत विषयमा छलफल गरेका थिए ।