आकस्मिक मन्त्रिपरिषद् बैठक जारी, राष्ट्रियसभा अधिवेशन अन्त्यको सिफारिस गर्ने सम्भावना

आकस्मिक मन्त्रिपरिषद् बैठक जारी, राष्ट्रियसभा अधिवेशन अन्त्यको सिफारिस गर्ने सम्भावना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । मन्त्रिपरिषद् बैठक बिहान ११:३० बजेदेखि बालुवाटारमा बसिरहेको छ ।  

मन्त्रिपरिषद्को कार्यविधिअनुसार सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दछ । राष्ट्रियसभामा आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्दैछन् । सरकारले राष्ट्रियसभाको हिउँदे अधिवेशन पनि छिट्टै अन्त्य गर्न लागेको स्रोतले जानकारी दिएको छ ।

राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते आह्वान गरिएको थियो । स्रोतका अनुसार भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभा अधिवेशन अन्त्यको सिफारिस गर्ने सम्भावना छ । आजको बैठकमा यसबारे छलफल हुने बताइएको छ ।