संसदको निर्वाचन हुँदा देश संकटमा पर्दैनः प्रधानमन्त्री ओली

संसदको निर्वाचन हुँदा देश संकटमा पर्दैनः प्रधानमन्त्री ओली

 काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले ‘महान् जनयुद्ध’ फर्सी जस्तै कुहिएको टिप्पणी गरेका छन् । काठमाडौंमा आयोजित युवा संघको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘महान् जनयुद्ध के भो ? फर्सी जस्तै कुहियो’

विगतमा जातजातमा जनता विभाजित गर्ने र पहिचानको नाममा देश टुक्र्याउने प्रयास भएपनि असफल बनाइएको ओलीले दाबी गरे । उनले संसदको निर्वाचन हुँदा देश संकटमा नपर्ने जनाएका छन् । प्रधानमन्त्री ओलीले केही मान्छेले संसद विघटन हुँदा देश संघटमा पर्‍यो भनेर स्यालहुइँया मच्चाएको बताए ।

‘संसदको निर्वाचन हुँदा देश संकटमा पर्छ ? संविधान संकटमा पर्छ ? स्वार्थीलाई संकट पर्छ, देशलाई होइन,’ उनले भने, ‘यतिबेला लोकतन्त्र विरोधीहरू आत्तिएका छन्, त्यही भएर जे पायो त्यही बोलिरहेका छन् ।’

लामो समय संवैधानिक आयोगमा पदपूर्ति हुन नदिइएको प्रधानमन्त्री ओलीले बताए । त्यसपछि अध्यादेश ल्याएर आयोगमा पदपूर्तिको प्रयास गर्नुपरेको समेत स्पष्ट पारे ।

ओलीले शुक्रबार सार्वजनिक भएको चार पूर्व प्रधानन्यायाधीशको विज्ञप्तिमाथि आपत्ति जनाएका छन्। उनले स्वतन्त्र न्यायालयलाई कदर गर्न आग्रह गर्दै अदालतलाई नधक्याउन सचेत गराएका छन्।