न्यायाधीश हरिकृष्ण कार्की संवैधानिक इजलासबाट बाहिरिए

न्यायाधीश हरिकृष्ण कार्की संवैधानिक इजलासबाट बाहिरिए

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले प्रतिनिधि सभा विघटनको सुनुवाइ गरिरहको संवैधानिक इजलासमा नबस्‍ने जनाएका छन्।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले आज पनि यसअघिकै स्वरूपमा संवैधानिक इजलास गठन गरेका थिए। 

वरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायाधीश कार्की इजलासमा बसेपछि प्रश्न उठाएका थिए। उनले विगतमा प्रधानमन्त्री केपी ओलीकै सल्लाहकारको रुपमा काम गरिरहेको भन्दै संवैधानिक इजलासमा प्रश्न उठाएका थिए।

यसैबीच सर्वोच्चले मुद्दाको सुनुवाइ संवैधानिक इजलासबाटै हुने र उनको ठाउँमा अर्का न्यायाधीशलाई राख्ने जनाएको छ।