काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा २, उदयपुरमा ५, झापामा १९, मोरङमा २४, संखुवासभाका १, सुनसरीमा १८, धनुषामा १७, महोतरीमा ४, रौतहटमा २, सप्तरीमा १, सिराहामा १ जना संक्रमित थपिएका छन्।
यस्तै काठमाडौँमा २२४, काभ्रेमा १७, चितवनमा ४९, दोलखामा १०, धादिङमा ५, भक्तपुरमा १९, मकवानपुरमा १२, रामेछापमा २, ललितपुरमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै सिन्धुपाल्चोकमा ५, सिन्धुलीमा २, कास्कीमा ७५, गोरखामा ३, तनहुँमा ६, नवलपरासी पुर्वमा ७, पर्वतमा २, म्याग्दीमा १, लमजुङमा ३९, बागलुङमा ५, स्याङ्जामा ८, अर्घाखाँचीमा ४, कपिलवस्तुमा ३, गुल्मीमा ३, दाङमा ६, नवलपरासीमा ६, पाल्पामा १, प्युठानमा २, बर्दियामा १, बाँकेमा ६, रुपन्देहीमा ३० जना संक्रमित थपिएका छन्।
यस्तै दैलेखमा ३, सल्यानमा ४, सुर्खेतमा ३, अछाममा ३, कञ्चनपुरमा १, कैलालीमा ४, डडेल्धुरामा २, डोटीमा १, बझाङमा २ र बैतडीमा २ जना संक्रमित थपिएका छन्।