काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भइरहेका बेला उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका छन् ।
ओली खुमलटार पुगेको आधा घण्टापछि गौतम पुगेका हुन् । ओली बिहान ११ बजे अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । नेकपा विवाद उत्कर्षमा पुगेका बेला नेताहरुको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । अहिले तीनै नेताबीच खुमलटारमा भेटवार्ता भइरहेको छ ।
ओलीले विवादास्पद अध्यादेश फिर्ता लिन आनाकानी गरेपछि प्रचण्ड नमाधव नेपाल समूहले संसदको विशेष अधिवेशन बोलाउने चेतावनी दिएको छ भने ओली भने सबै विषयमा एकमुष्ट सहमति कायम गरेर जारी विवाद हल गर्नुपर्ने बताउँदै आएका छन् ।