प्रचण्ड-नेपालको गुट भेला सम्पन्न, ओलीविरुद्ध तय भयो यस्तो रणनीति

प्रचण्ड-नेपालको गुट भेला सम्पन्न, ओलीविरुद्ध तय भयो यस्तो रणनीति

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको भेला सम्पन्न भएको छ । भेलाले ओलीले अध्यादेश फिर्ता नलिए थप कदम चाल्ने निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रवार आयोजित प्रदेश १ का नेताहरूको भेलामा यस्तो निष्कर्ष निस्किएको हो । 


केन्द्रीय कमिटी सदस्य जगन्नाथ खतिवडाले प्रचण्ड र ओली दुवैको प्रतिवेदन सबैले पढेको र ओली गलत रहेको निष्कर्षमा आफूहरू पुगेको बताए । उनले भने 'अध्यादेश फिर्ता नभए हामीले थप कदम चाल्छौं र आजको भेलामा पनि त्यही विषयमा कुराकानी भयो । प्रधानमन्त्री ओलीबाट विधि, पद्धति र नेकपाको राजनीति स्खलन भइरहेको छ ।'

भेलामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले पार्टीलाई विभाजित हुन नदिने तर गलत प्रवृत्तिका विरुद्धमा लडिरहने बताएका थिए ।