अध्यादेश फिर्ता नहुँदै संवैधानिक परिषद्को बैठक बोलाएपछि ओलीसँग छलफल गर्न बालुवाटार पुगे प्रचण्ड

अध्यादेश फिर्ता नहुँदै संवैधानिक परिषद्को बैठक बोलाएपछि ओलीसँग छलफल गर्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीसँग छलफलका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । ओलीसँग छलफलका लागि प्रचण्ड साढे ३ बजे बालुवाटार पुगेका हुन् ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने ओलीको प्रतिबद्धता पछि संवैधानिक नियुक्तिहरुबारे छलफल गर्न प्रचण्ड बालुवाटार पुगेको स्रोतको दावी छ ।

नियुक्तिमा अध्यक्ष प्रचण्डसँग परामर्श गर्ने सहमति हिजो बसेको नेकपा स्थायी कमिटी बैठकमा भएको थियो । साथै अध्यादेश फिर्ता गर्नुअघि नै ओलीले संवैधानिक परिषद्को बैठक बोलाएकोले त्यसबारे पनि थप प्रष्ट हुन बैठकअघि नै प्रचण्ड बालुवाटार पुगेको बताइएको छ ।