काठमाडौं । प्रधानमन्त्री केपी ओलीले फेरि संवैधानिक परिषद् बैठक बोलाएका छन् । बुधबार बालुवाटारमा बसेको नेकपा स्थायी कमिटी बैठकमा सोमबार जारी गरिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय भएको थियो।
यो निर्णयपछि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ताका लागि आजै मन्त्रिपरिषद् बैठक बस्दैछ। यस्तोमा ओलीले बिहीबार ५ बजेका लागि संवैधानिक परिषद् बैठक डाकेका हुन्। यो बैठकलाई बुधबारको सहमति अनुसार समापनका रुपमा बालुवाटारले व्याख्या गरेको छ।
बुधबार भएको सहमति विपरीत ओलीले परिषद् बैठक बोलाएका हुन्। संवैधानिक परिषद् बैठक बोलाइएकोबारे आफूलाई पनि जानकारी आएको कांग्रेस नेता रमेश लेखकले बताएका छन्।
संवैधानिक परिषद् बैठकका लागि ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई पनि खबर गरिसकेको स्रोतले जनाएको छ। तर ओलीले आजै साँझ ६ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन्। जुन बैठकले सोमबारको अध्यादेश खारेजीका लागि अर्को अध्यादेश ल्याउने तयारी गरिरहेको छ।