काठमाडौं । फुटको संघारमा रहेको नेकपा विवादले सहमतिको स्वरुप लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबिच भदौ २६ यताका सबै निर्णय फिर्ता लिने सहमति भएसँगै नेकपा फुटबाट बचेको हो ।
मंगलबार राष्ट्रपतिबाट संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी भएसँगै विवादले उग्र रूप लिएको नेकपामा अध्यक्षद्धय प्रचण्ड र ओली एक कदम पछि हटेर पार्टी एकता कायम राख्न सहमत भएका हुन् ।
आज बस्ने भनिएको स्थायी कमिटीको बैठकअघि नै बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डसँगबिच दुई पटक छलफल भएको थियो। दोस्रो छलफलमा प्रधानमन्त्री ओली अध्यादेशसँगै भदौ २६ यता भएरगरेका सबै राजनीतिक निर्णयसमेत फिर्ता लिन सहमत भएको वालुवाटार उच्च स्रोतले जानकारी दियो।
‘एक अर्काको आरोपपत्र फिर्ता लिएर एउटै प्रस्ताव तयार पार्ने, भदौ २५ पछिका सबै विवाद खारेज गर्ने, पुराना आरोप पत्र फिर्ता लिएर सहमतिमा नयाँ प्रस्ताव तयार पार्ने दुई अध्यक्षबिच सहमति भयो’,प्रधानमन्त्री निकट स्रोतको दाबी छ।