काठमाडाैं । प्रधानमन्त्री केपी ओली विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भएका छन् । बालुवाटारमा महासचिव विष्णु पौडेलसहित प्रचण्डसँगको वार्तामा ओली अध्यादेश फिर्ता लिन सहमत भएका हुन् ।
स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली सहभागी नभएपछि बैठक छोडेर प्रचण्ड ओलीलाई भेट्न गएका थिए । दुई अध्यक्षबीच पुन भएको भेटवार्तामा अध्यादेश फिर्ता लिन ओली तयार भएका हुन् ।
मंगलबार प्रधानमन्त्रीले ल्याएको अध्यादेश र भोलिपल्ट शीतलनिवासमा दर्ता गर्न लगिएको विशेष अधिवेशनको समावेदन दुबै फिर्ता लिने सहमति ओली र प्रचण्डबीच भएको हो ।
प्रचण्ड–माधव नेपाल पक्षका ८० भन्दा बढी सांसदहरुको हस्ताक्षर बोकेर संसदको विशेष अधिवेशन माग गर्दै भीम रावल र पम्फा भुसाल शीतलनिवास पुगेका थिए । तर, शीतलनिवासले समावेदन दर्ता गर्न मानेन ।
यसैवीच, शीतलनिवास पुर्याइएको हस्ताक्षरसहितको पत्र फिर्ता लिने र अध्यादेश पनि फिर्ता लिने सहमति अध्यक्षद्धयबीच भएको हो ।