नयाँ अध्यादेशको व्यवस्थाअनुसार बालुवाटारमा संवैधानिक परिषद्को बैठक जारी

नयाँ अध्यादेशको व्यवस्थाअनुसार बालुवाटारमा संवैधानिक परिषद्को बैठक जारी

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत रिक्त संवैधानिक आयोगमा नियुक्ति सिफारिशका लागि संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी छ । मंगलवार बिहान बसेको बैठकमा कोरम नपुगेपछि प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे  परिषद्को दोस्रो बैठक बसेकाे हो ।

कोरम पुग्न नसकेपछि सरकारले परिषद्को काम कारवाही सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिश गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार नै सो अध्यादेश जारी गरिसकेकी छिन् ।

अध्यादेश जारी भएपछि बस्ने बैठकमा परिषद्का सदस्य एवं प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागि भएका छैनन् । अध्यादेशबाट शासन चलाउने कामको विरोध गर्दै आइरहेको भन्दै देउवा बैठकमा सहभागि नहुने भएका उनी निकट एक नेताले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा उपस्थित छन् ।
परिषद्का अर्का सदस्य सभामुख अग्नि सापकोटा बैठकमा सहभागी छैनन् ।