काठमाडौं । बहुमत सदस्यको उपस्थितिमा संवैधानिक परिषद् बैठक बस्न र निर्णय गर्न सक्ने गरी राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि विकसित घटनाक्रमबारे छलफल गर्न नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् ।
प्रचण्डको सचिवालय स्रोतले नेम्वाङ खुमलटार आएको पुष्टि गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिने नेम्वाङ खुमलटार पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
उनी अपराह्न ४ बजे खुमलटार पुगेका हुन् । अध्यक्ष प्रचण्डले अध्यादेशप्रति कडा आपत्ति जनाइसकेका छन् । प्रचण्ड माधव नेपाल समूह अध्यादेशको विरोध गर्ने रणनीति तय गर्न छलफलमा जुटिसकेका छन् ।