संवैधानिक परिषद्‍ बैठक स्थगित, मन्त्रिपरिषद बैठक बालुवाटारमा जारी

संवैधानिक परिषद्‍ बैठक स्थगित, मन्त्रिपरिषद बैठक बालुवाटारमा जारी

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक केहीबेर अघि सुरु भएको जानकारी दिए। आज  बिहान संवैधानिक परिषद्‍ बैठक डाकेको भएपनि कोरम नपुगेपछि स्थगित भएको छ। 

सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो। संवैधानिक परिषद्‍ बैठक स्थगित भएलगत्तै प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद्‍ बैठक बोलाएका हुन्।

मन्त्रिपरिषदको बैठक प्रायः साताको सोमबार र बुधबार बस्ने गरेकोमा यसपटक भने मंगलबार बोलाइएको हो। 

छुटाउनुभयो कि ?