मृत्युशैय्यामा रहेको मान्छेले झुटो बोल्दैन, कमानसिंले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भिर छ: बाबुराम भट्टराई

मृत्युशैय्यामा रहेको मान्छेले झुटो बोल्दैन, कमानसिंले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भिर छ: बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा। बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वसांसद एवं राजदुत कमानसिं लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भिर भएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा। भट्टराईले मृत्युशैय्यामा रहेको मान्छेले झुटो नबोल्ने बताउँदै तसर्थ मृत्युअघि लामाले लेखेका कुरा निकै मार्मिक रहेको बताए । भट्टराइले जतिसुकै तर्क(कुतर्क गरेपनि नैतिक पतनको प्रश्न देशको शीर्ष नेतृत्वमा रहने जुनसुकै व्यक्तिका निम्ति क्षम्य हुनै नसक्ने बताए ।

‘भनिन्छ, मृत्युशैय्यामा रहेको मान्छेले झुटो बोल्दैन । मृत्युशैय्याबाट कमानसिं लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भीर र मार्मिक छन्,’ भट्टराईले लेखेका छन्, ‘जतिसुकै तर्क(कुतर्क गरेपनि नैतिक पतनको प्रश्न देशको शीर्ष नेतृत्वमा रहने जुनसुकै व्यक्तिका निम्ति क्षम्य हुनसक्दैन । चेतना भया !’

पूर्वसांसद लामाले निधन हुनुभन्दा केही दिनअघि फेसबुकमा लामो स्टाटस लेखेका थिए । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूलाई बर्बाद बनाएको र आफ्नै कान्छी श्रीमतीले समेत जीवनको अन्तिम अवस्थामा आएर धोका दिएको स्ट्याटसमा प्रष्ट लेखिएको थियो ।