संसदीय समितिको निर्देशन लत्याउँदै मन्त्रिपरिषद्ले गर्यो यस्तो निर्णय

संसदीय समितिको निर्देशन लत्याउँदै मन्त्रिपरिषद्ले गर्यो यस्तो निर्णय

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशन विपरीत सरकारले नेपाल प्रहरीको एआइजीमा डिआइजी विश्वराज पोखरेललाई बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई एआइजी बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

बुधबार सुशासन समितिले अध्यादेशबाट कानुन संशोधन गरेर विभागीय मन्त्रालयको सिफारिस विनै एआइजी पद सिर्जना गर्ने निर्णय विधिको शासन विपरीत रहेको ठहर गर्दै एआइजीको दरबरन्दी थप्ने निर्णय कार्यान्वन नगर्न निर्देशन दिएको थियो।

दरबन्दी सिर्जनापछि ११ महिनापछि स्वतः आइजिपी हुने गरी पोखरेललाई एआइजी बनाउन सिफारिस गरिएको थियो । पोखरेल नाताले उपप्रधानमन्त्री ईश्वर पोखरेलका भाई पर्छन् ।