काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन् । रिक्त संबैधानिक पदमा नियुक्तिका लागि उनले परिषदको बैठक बोलाएका हुन् ।
बैठक आइतवार विहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्त नियुक्तीका विषयमा छलफल हुनेछ ।
त्यस्तै लोकसेवा आयोग, वित्त आयोग लगायतका संवैधानिक निकायहरु पनि पदाधिकारी नियुक्ती पनि बैठकको एजेण्डाको रुपमा रहेको छ । रिक्त संवैधानिक निकायमा नियुक्तिका विषयमा प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि पटक पटक छलफल गरेका छन ।