विवेकशील र साझा पार्टीबीच एकता घोषणा

विवेकशील र साझा पार्टीबीच एकता घोषणा

काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता गरी विवेकशील साझा पार्टी घोषणा भएको छ । बुधवार अनलाइन कार्यक्रम गरी नयाँ पार्टी घोषणा गरिएको हो । पार्टी घोषणा कार्यक्रमअघि आज बिहान साझा पार्टीको कार्यालय बखुण्डोल ललितपुरमा दुवै पार्टीका वार्ता टोलीका सदस्यहरू मात्रको उपस्थितिमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले एकीकरण घोषणापत्रमा हस्ताक्षर गरेका थिए ।

कोरोना महामारीका कारण घोषणा कार्यक्रम अनलाइनमार्फत गरिएको विवेकशील साझा पार्टीले जनाएको छ । पार्टीको पहिलो वरियतामा रहने गरि अध्यक्ष मिश्र र दोस्रो वरियतामा रहने गरी संयोजकमा पाण्डे रहनेछन। 

४ वर्षअघि भएको स्थानीय तह निर्वाचनमा छुट्टाछुट्टै लडेका यी दुई पार्टी चुनावलगत्तै मिलेका थिए, तर उक्त एकता लामो समय टिक्न सकेको थिएन ।