आज सर्वदलीय बैठक बस्दै

आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् । बैठक बिहान ११ बजे बालुवाटारमा बोलाइएको हो। ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग बालुवाटारमा छलफल गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न ओलीले सर्वदलीय बैठक बोलाएका हुन्। स्रोतका अनुसार केही समययता देशका विभिन्न ठाउँमा बढ्दै गएको राजावादीहरुको प्रदर्शनको विषयमा बैठकमा छलफल हुनेछ। 

कुनै ठूला निर्णय लिनुपर्ने वा राष्ट्रिय एकता दर्साउनुपर्ने बेलामा सर्वदलीय बैठक बोलाउने प्रचलन छ।