काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि आजको बैठकमा विशेष प्रस्ताव पेश गरेका छन् ।
सरकार र गृहप्रशासन संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धका क्रियाकलाप गरिरहेको भन्ने जनताबाट आवाज सुनिन थालेको भन्दै यसबारे स्थायी कमिटी बैठकमा छलफल हुनुपर्ने भन्दै उनले आजको स्थायी कमिटी बैठकमा विशेष प्रस्ताव पेश गरेका हुन ।
नेता शर्माले संघीय लोकतान्त्रिक गणतन्त्र रक्षको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धतासहित दृढ संकल्प गर्न स्थायी कमिटी सदस्यहरुलाई आग्रह गरे । उनले जनताको आवाज नसुन्दा त्यसले गम्भीर परिणाम निम्त्याउनेबारे सचेत रहन समेन नेतृत्वलाई आग्रह गरे ।
यस्तो छ, उनले स्थायी कमिटी बैठकमा पेश गरेको विशेष प्रस्तावः