नेकपा स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय, ओलीको पत्रले खैलाबैला

नेकपा स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय, ओलीको पत्रले खैलाबैला

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठक आगामी मंसिर २८ गते बस्नेगरी सकिएको प्रवक्ता नारायणकाजस् श्रेष्ठले जानकारी दिए । त्यस्तै बैठकले केन्द्रीय कमिटीको बैठक आगामी पुस ५ गते बस्ने निर्णय गरेको छ ।

आजको बैठकमा सहभागी हुने भनिएपनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागी भएका थिएनन् । उनले स्थायी कमिटी बैठकमा एक पत्र पठाएको प्रवक्ता श्रेष्ठले बताए । 

पत्रमा ओलीले प्रचण्डको प्रस्ताव छलफल गर्न लायक नभएकोले आफू बैठकमा उपस्थित नभएको उल्लेख गरेका थिए । साथै उनले उक्त प्रस्ताव फिर्ता नभएसम्म कुनैपनि बैठकमा सहभागी नहुने जानकारी पनि दिएका छन् । ओलीको पत्रपछि प्रचण्ड माधव समूहले भने बहुमतले निर्णय गर्दै अगाडि बढ्ने बाटो खुलेको बताएका छन् । 

ओली उपस्थित नभएपनि मंसिर २८ गते स्थायी कमिटी बैठक बस्ने र दुबै प्रस्तावमा छलफल गरेर बहुमतको निर्णयले एउटा प्रस्ताव पारित हुने प्रचण्डले आजको बैठकमा बताएका थिए ।