काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरू भएको छ । बैठक निर्धारित समय भन्दा केही ढिला सुरू भएको हो । बैठकमा दुई अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुने कार्यतालिका छ ।
निकै कडा सुरक्षा व्यवस्थाका बिच बैठक सुरु भएको हो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समयमै उपस्थित भएतापनि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली भने बैठकमा सहभागी नहुने ओलीका प्रेस विज्ञ रामशरण बजगाईले जानकारी दिए ।
प्रधानमन्त्रीको अनुपस्थितीमा पनि स्थायी कमिटी बैठक भने सुरु भइसकेको छ । आजको बैठकमा अध्यक्षद्धयको प्रतिवेदन पेश गरेर केहीदिनको लागि बैठक स्थगित गर्ने तयारी छ ।