सचिवालय बैठकअघि ओली–प्रचण्डबीच छलफल, प्रचण्डले दिए यस्तो चेतावनी

सचिवालय बैठकअघि ओली–प्रचण्डबीच छलफल, प्रचण्डले दिए यस्तो चेतावनी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्नुअघि सहमति जुटाउन दुई अध्यक्ष छलफलमा जुटेका छन्। अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल भएको हो। कात्तिक २५ यता दुई अध्यक्षले पहिलो पटक एक्लाएक्लै भेटेका हुन्।

बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली  उपस्थित नभएपछि बैठक आज शनिबारका लागि तय भएको छ। पार्टीमा देखा परेको संकट र विद्यमान समस्याको समाधानका लागि ओलीको समेत उपस्थितिमा छलफल गर्नु आवश्यक उपयुक्त र उचित भएको निष्कर्ष निकाल्दै बुधबारको बैठक स्थगित गरिएको थियो। 

आजको बैठकमा पनि ओली उपस्थित हुने निश्चित नभएपछि प्रचण्डले उनलाई भेटेको बताइन्छ । प्रचण्डले आजको बैठकमा उपस्थित नभए बहुमतले निर्णय गर्दै जारी विवाद समाधानको प्रक्रिया अगाडि बढाइने चेतावनी प्रचण्डले ओलीलाई दिएको बताइन्छ ।