नेकपा फुट्ने चर्चाका बिच प्रचण्ड पुगे राष्ट्रपति निवास

नेकपा फुट्ने चर्चाका बिच प्रचण्ड पुगे राष्ट्रपति निवास

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । बिहीबार बिहान पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पनि राष्ट्रपतीलाई भेटेका थिए । मन्त्रिपरिषद् बैठकअगाडि राष्ट्रपतिलाई भेटेर पार्टी फुटाउन सहज हुनेगरी अध्यादेश ल्याउन लागेको चर्चाका बिच प्रचण्ड राष्ट्रपति निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

विवाद समाधनका लागि भुमिका खेल्न आग्रह गर्न प्रचण्डले राष्ट्रपतिलाई भेटेको उनको सचिवालयले बताएको छ ।  नेकपाको विवाद निर्णायक मोडमा पुगेका बेला भण्डारी पनि विवाद समाधानमा पुनः सक्रियता देखाएकी छन्।

यसअभि पनिपार्टीभित्र बढेको बेलामा प्रचण्डले राष्ट्रपति भण्डारीलाई भेटेर पार्टी फुटाउने मनासायले आउने कुनैपनि अध्यादेश जारी नगर्न आग्रह गरेका थिए ।