मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्रीले भेटे राष्ट्रपतिलाई, अध्यादेश ल्याउने तयारी गरेको प्रचण्ड नेपाल समूहको आशंका

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्रीले भेटे राष्ट्रपतिलाई, अध्यादेश ल्याउने तयारी गरेको प्रचण्ड नेपाल समूहको आशंका

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीवार भेटवार्ता गरेका छन् । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली मध्याह्न राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको समयमा भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसैबीच मन्त्रिपरिषद्को बैठक पनि आजै अपराह्न बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद् बैठक राखिएको एक मन्त्रीले जानकारी दिए । 

पार्टीभित्र घेराबन्दीमा परेको बेला ओलीले मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपतिलाई भेट्नुले अध्यादेश ल्याउने तयारी त छैन भन्ने प्रचण्ड माधव नेपाल समूहले आशंकामा बल पुगेकाे छ ।