ओलीले बैठकमा आएर प्रष्टीकरण दिनुपर्छ : झलनाथ खनाल

ओलीले बैठकमा आएर प्रष्टीकरण दिनुपर्छ : झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली बैठकमा आएर प्रष्टीकरण दिनुपर्ने बताएका छन्। बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नभएपछि खनालले भने‘अहिले १९ पृष्ठ र ३८ पृष्ठ प्रतिवेदन प्रधानमन्त्रीसँग सम्बन्धित छन्। अरु तीनरतीन वटा पत्र पनि उहाँसँग सम्बन्धित छन् । सबै विषय प्रधानमन्त्रीसँग सम्बन्धित भएकाले उहाँले आएर जवाफ दिनुपर्छ त्यस विषयमा छलफल हुनुपर्छ।’

ओलीलाई बुधबारको सचिवालय बैठकमा धेरै अरु नेताहरुले बेरसम्म कुरेपनि अनुपस्थित भएका थिए। ‘आजको बैठकमा केपी कमरेडलाई धेरै बेरसम्म कुर्यौँ। उहाँ आउनु भएन,’ उनले भने, ‘उहाँलाई प्रष्टीकरणका लागि तीन दिनको समय दिएका छौँ। त्यति बेलासम्म बैठकमा जवाफ दिनुहुन्छ भन्ने विश्वास छ।’


पार्टी कमिटीमा उठेका विषयमा ओलीले जवाफ दिनुपर्ने खनालले बताए। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठक २० गते सचिवालय र २१ गते स्थायी कमिटी बैठक तोकेको छ।