नेकपा सचिवालय बैठक मंसिर २० सम्मका लागि स्थगित

नेकपा सचिवालय बैठक मंसिर २० सम्मका लागि स्थगित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक केहीबेरमात्रै बसेर स्थगित भएको छ ।  केहीबेरअघि मात्रै सुरु भएको वैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक स्थगित भएको हो । 

बैठक आगमी मंसिर २० गतेसम्मका लागि स्थगित भएको छ ।  आजको बैठक औपचारिकतामै सीमित भइ मंसिर २० गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्रीकै आग्रहमा एक घण्टा पछि सारिएको थियो। तर पनि बैठकमा  ओली उपस्थित भएका थिएनन्। उनले मंगलबार नै बैठकमा आफू उपस्थित नहुने बताएका थिए।

आजको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै समयमा पेश गरेको प्रस्तावमाथि छलफल हुने कार्यक्रम थियो।