नेकपा सचिवालय बैठक आज, यस्तो छ दुबै पक्षको तयारी

नेकपा सचिवालय बैठक आज, यस्तो छ दुबै पक्षको तयारी

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दै छ।  आज पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो बस्न बस्न लागेको सचिवालय बैठकमा अध्यक्षद्धय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा पेश गरिेको प्रतिवेदनमा छलफल गर्ने  कार्यसूची रहेको छ । 

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल समूह सचिवालय बैठकमा पेस भएका सबै पत्र र प्रस्ताव स्थायी कमिटीमा लैजाने प्रयासमा छ। यो समूहले ओलीको राजीनामालाई नै बटमलाईन बनाएर अगाडि बढ्ने भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली पक्षले भने प्रचण्डको प्रस्ताव फिर्ता वा संशोधन गराएर सचिवालयबाटै साझा प्रस्ताव बनाउन जोड दिने रणनीतिमा छ।

पार्टीका सबै कमिटीमा बहुमतमा रहेको प्रचण्ड–नेपाल समूह मतदानबाटै भए पनि निष्कर्षमा पुर्‍याउनु पर्ने पक्षमा छ। तर, ओली पक्षले भने अन्तरिम कमिटीमा बहुमत अल्पमतको अर्थ नरहेको भन्दै त्यसलाई नमान्ने प्रतिक्रिया दिएको छ।