गुल्मीमा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु

गुल्मीमा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु

बुटवल । गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । इस्मा–४ हुल भन्ने ठाउँबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप सडकबाट खस्दा पाँचजनाको घटनास्थलमै मृत्यु भएको हो।

इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीले जिपमा सवार तीनजना पुरुष र दुईजना महिलाको घटनास्थलमै मृत्यु भएको बताए। जिपमा सवार एकजना बेपत्ता छन् भने अर्का एकजना घाइते भएका छन्।

जिप टुक्राटुक्रा परेकाले बेपत्ता व्यक्ति भिरमै कतै अड्किएको हुन सक्ने प्रहरीले जनाएको छ। मृतकहरूको सनाखत हुन सकेको छैन।