सचिवालयमा पेश प्रस्तावमा न्यायालयप्रति गरिएको टिप्पणीबाट पछि हटे प्रचण्ड

सचिवालयमा पेश प्रस्तावमा न्यायालयप्रति गरिएको टिप्पणीबाट पछि हटे प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र चर्किरहेको अन्तरसंघर्षका बीच गत कात्तिक २८ गते सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्तावमा उल्लेख न्यायालयको प्रसंगमा नेकपा अध्यक्ष प्रचण्डले प्रस्टीकरण दिएका छन् ।

प्रचण्डको सचिवालयले मंगलवार सामाजिक सञ्जाल फेसबूकमार्फत् प्रस्टीकरण दिँदै स्वतन्त्र न्यायपालिका र यसका प्रमुखसँग आफूले उल्लेख गरेको विषयको कुनै सम्बन्ध नरहेको उल्लेख गरेको छ ।

‘यही कात्तिक २८ गते हाम्रो पार्टीको सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा न्यायपालिकाको मर्यादा र गरिमामाथि नभई बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिकासम्बन्धी धारणाबारे स्पष्ट हुन मात्र खोजेको र स्वतन्त्र न्यायपालिका र यसका सम्माननीय प्रमुखसँग त्यसको कुनै सम्बन्ध नरहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले स्पष्ट गर्नुभएको छ,’ प्रचण्डको सचिवालयले फेसबूकमा लेखेको छ ।