संसद् अधिवेशन सञ्चालनका लागि तयार छौँ : सभामुख सापकोटा

संसद् अधिवेशन सञ्चालनका लागि तयार छौँ : सभामुख सापकोटा

सभामुख अग्नि सापकोटाले संसद्को आगामी अधिवेशन सञ्चालनका लागि आफूहरू तयार भइसकेको बताएका छन्। यस विषयमा सरकारसँग पनि कुराकानी भइरहेको उनको भनाइ छ। सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै सापकोटाले भने, ‘हामी पूरै तयारीमा छौँ। स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर हामीले गर्नुपर्ने सबै तयारी गरका छौँ।’

संसद् सञ्चालनका लागि सचिवालय तयार छ, सरकारले बोलाउँदा हुन्छ भन्न खोजेको हो ? भन्ने पत्रकारको प्रश्नमा सभामुखले भने, ‘हामी हाम्रो तयारीमा छौँ। सरकारसित पनि कुरा चलिरहेको छ।’

त्यस्तै, सरकारले ल्याइरहेको अध्यादेशबारे उनले भने, ‘अहिले सरकारले ल्याएका अध्यादेशहरू पछि संसदमा छलफल हुने नै छ।’