काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद झनै चर्किने संकेत देखिएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्ताव सात वटै प्रदेशमा पठाइएपछि विवाद प्रदेशस्तरमा पनि फैलिउको छ ।
गत कात्तिक २८ गते सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव सबै स्थानीय तहका कार्यमाझ पुग्ने गरी सात वटै प्रदेशमा पठाइएको हो । पछिल्लो समय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा अोलीले तल्लो तहसम्म आफ्नो गुटलाई सक्रिय बनाएपछि अध्यक्ष प्रचण्डले पनि यसमा चासो देखाएका हुन् ।
अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको समर्थनमा १९ पृष्ठ लामो प्रतिवेदन कात्तिक २८ गतेको सचिवालय बैठकमा पेश गरिएको थियो ।
मंसिर ३ गते बसेको सचिवालय बैठकमा उक्त प्रस्तावमा प्रधानमन्त्री अोलीले आफूमाथि लगाइएको आरोपको जवाफसहित १३ गतेको बैठकमा जवाफ दिने भएका छन् ।